`

एसीसी इमर्जिङ टिम्स कपः भारत ‘ए’ विरुद्ध नेपाललाई दोस्रो झट्का

Nepal One HD १ साउन २०८० १५:०६
खेलकुद

काठमाडौं / एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले दोस्रा विकेटका रुपमा आसिफ शेखलाई गुमाएको छ ।

कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा भएको खेलमा उनलाई राजबर्द्धन हंगारगेकरले विकेटकिपर ध्रुव जुरेलमार्फत क्याच गराएका हुन् । ५.१ ओभरमा आसिफ आउट हुँदा नेपालको स्कोर २७ रन थियो ।

नेपालले यो भन्दा पहिले विकेट शून्यमा कुशल भुर्तेललाई गुमाएको थियो ।


प्रतिक्रिया