एसीसी इमर्जिङ टिम्स एसिया कप : यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता

खेलकुद

काठमाडौं / एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले यूएईविरुद्ध दोस्रो विकेट हात पारेको छ ।
टस हारेर फिल्डिङमा उत्रिएको नेपाललाई दोस्रो विकेट पवन सर्राफले दिलाएका हुन् । उनले यूएईका अंश टण्डनलाई तीन रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काए ।
यसअघि कुशल मल्लले पहिलो विकेट लिएका थिए। उनले आर्यान्स शर्मालाई सर्राफबाटै क्याच आउट गराएका थिए।
युएईले १७ ओभरको समाप्तीमा २ विकेट गुमाएर ५३ रन बनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट