`

व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी सावित्राको बिदाइ

Nepal One HD ३ साउन २०८० १२:५४
खेलकुद

काठमाडौँ / इजरायलमा व्यावसायिक फुटबल खेल्न जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टीमकी खेलाडी सावित्रा भण्डारीलाई विदाई गरिएको छ ।

बुधबार खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगाएतले सावित्रा भण्डारीलाई विदाई गरेका हुन् ।

सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नेछिन् । विदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री लिम्बुले इजरायली क्लबमा अनुबन्धित भएर युरोपबाट प्रतिस्पर्धा गर्नु नेपालका लागि पनि खुसीको कुरा भएको बताउनुभयो । उहाले खेल क्षेत्रको माध्यमबाट नेपाल–इजरायलको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै सावित्रा भण्डारीले इजरायलमा व्यावसायिक फुटबल खेल्न लाग्दा सरकारका तर्फबाट गरिएको सम्मान प्रति आभार व्यक्त गर्नुभयो । उहाले युरोपीयन लिग खेल्नु चूनौति भएपनि आफु सामना गर्न तयार रहेको बताउनुभयो । सावित्राले नेपाली महिला फुटबललाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने जिकिर गर्नुभयो ।

नेपाली महिला राष्ट्रिय फुटबल टीमकी स् ट्राइकर सावित्राले यसअघि भारतीय क्लबबाट पनि व्यावसायिक लिग खेलिसक्नुभएको छ ।


प्रतिक्रिया