`

सावित्री गिरीको मौलिक तीज गीत माइत जाने बाटो सार्वजनिक

Nepal One HD ६ साउन २०८० १५:१६
मनोरञ्जन

काठमाडौँ / गजलकारको रुपमा समेत परिचित कलाकार सावित्री गिरीको माइत जाने बाटो हालै सार्वजनिक भएको छ ।

नजिकै आइरहेको हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरी साहित्यमा समेत लामो समयदेखि कलम चलाउँदै आएकी सावित्री गिरीले तीज गीत माइत जाने बाटो रानीहार भाग २ बजारमा ल्याएकी हुन् ।

गिरीको माइत जाने बाटो मौलिक तीज गीतमा गिरीको सुमधुर स्वर अनि शब्द, संगीत रहेको छ । गीतलाई कृष्ण पुनले एरेन्ज गरेका छन् । एकदमै कर्णप्रिय माइति जाने बाटो रानीहार भाग २ गिती भिडियो हालै गिरीको आफ्नै अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

मौलिक तीज गीत माइत जाने बाटोको भिडियोमा सम्बृद्धि पाण्डे, शक्तिश्री कोईराला, सूर्य सरु मगर लगायतको उत्कृष्ट अभिनय रहेको छ । पुकार श्रेष्ठको निर्देशन रहेको भिडियोमा प्रिति गुरुङ्गको नृत्य निर्देशन, शम्भु चालिसेको छायाँकन, रविन विकको सम्पादन तथा रंग संयोजन रहेको छ ।


प्रतिक्रिया