`

सामाखुशीमा बाढीले बगाउँदा १३ वर्षीय बालक बेपत्ता

Nepal One HD ७ साउन २०८० २०:४८
समाज

काठमाडौं । काठमाडौंको सामाखुसीमा बाढीले एक किशोरलाई बगाएर बेपत्ता बनाएको छ । पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगरलाई बाढीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी स्कुलबाट घर फर्किएर खेल्न गएका बेला सानो खोल्सीले बगाएको हो । 

अहिले नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले खोजी गरिरहेको छ । 


प्रतिक्रिया