सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

समाज

काठमाडौँ । काठमाडौँको सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा आज बा ४ ख ७४११ नम्बरको बसमा बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक नुवाकोट वेलकोटगढी नगरपालिका–९ घर भई हाल काठमाडौँ बालुवाटार बस्ने २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटनामा गम्भीर घाइते भएका गजुरेलको उपचारका क्रममा नयाँबजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट