`

विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपाल लाओससँग भिड्ने

Nepal One HD ११ साउन २०८० १३:२५
खेलकुद

काठमाडौं / सन् २०२६ मा अमेरिका र मेक्सिकोमा हुने फिफा विश्वकपका लागि भएको एसियाली छनोटको आफ्नो पहिलो खेलमा नेपालले लाओसको सामना गर्ने भएको छ ।

मलेसियाको क्वालाम्पुरमा बिहिबार भएको ड्रमा नेपालले लाओससँग खेल्ने पक्का भएको हो।

नेपाल रहेको समूह ए मा अफगानिस्तान, माल्दिभ्स, सिंगापुर, म्यानमार, कम्बोडिया, चाइनिज ताइपेइ, इन्डोनेसिया, हङकङ, चाइना र यमन रहेका छन् ।


प्रतिक्रिया