`

नन्दु परीयारको नयाँ तीज गीत लैजाउ मलाई डुङ्गा तारी बजारमा

Nepal One HD २२ साउन २०८० १६:४३
मनोरञ्जन

काठमाडौँ / लोकप्रिय गायक नन्दु परीयार र सुनिता बुढा क्षेत्रीको स्वरमा नयाँ तीज गीत लैजाउ मलाई डुङ्गा तारी सार्वजानिक भएको छ ।

बिक्रमवावु बिश्वकर्माले शब्द सिर्जना गरेको यस गितमा स्वयम गायक परीयारले नै संगित भरेका हुन भने सुदिप सागरको संगित संयोजन र कुमार रानाकने ध्वनी मुद्रणमा मारुनी रेकर्डिङ्ग स्टुडियोमा अडियो तयार पारिएको हो ।

बिनोद भण्डारीको निर्देशन,प्रशान्त मगरको नृत्य रचना,नवराज उप्रेतीको छायाकंन र मनोज कार्कीको सम्पादन/रंग संयोजन रहेको लैजाउ मलाई डुङ्गा तारी गीतको म्युजिक भिडियोलाई गोधुली कृयशन नामक युट्युब च्यानलबाट प्रसारण गरीएको छ ।
भिडियोमा निर्देशक भण्डारी र सर्बप्रिय मोडल तथा नृत्याङ्गना नारायाणी खत्रिको नृत्यसंगै अभिनय देख्न सकिन्छ ।


आफ्ना पुराना सिर्जनाहरु जस्तै यस गितबाट पनि दर्शक श्रोताको भरपुर माया पाउनेमा विश्वस्त रहेको गायक नन्दु परियारले बताएका छन ।


प्रतिक्रिया