विमानस्थलबाट सुन बाहिरिनु सरकारको कमजोरी हो :विश्वप्रकाश शर्मा

राजनीति

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले एक सय किलो अवैध सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिनुमा सरकारको कमजोरी भएको बताउनुभएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा शर्माले विमानस्थलनबाट सुन तस्करी हुनु सरकारको गम्भीर कमजोरी भएको भन्दै यसअघिको सुन प्रकरणदेखि अहिलेसम्म गहिराईमा पुगेर अनुसन्धान हुनुपर्ने बताउनुभएको हो।
शर्माले लगातार सदन अवरुद्ध गरेर समस्या समाधान नहुने भन्दै सदनलाई सबै समस्याको हल खोज्ने थलो बनाउनुपर्ने बताउनुभयो ।
उहाँले सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठनको माग गर्दा एमालेले मदन भण्डारीको निधनको फाइल खोज्न पनि आवाज उठाउनुपर्ने जिकिर गर्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट