`

सभापति देउवाले बोलाए संसदीय दलको समितिको बैठक

Nepal One HD २५ साउन २०८० १२:५६
राजनीति

काठमाडौं / नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् । देउवाले संसद्मा भईरहेको अवरोध लगायतका बारेमा छलफल गर्न संसदीय दलको समिति बैठक बोलाएका हुन् ।

आज अपरान्ह ४ बजे देउवा निवास धुम्बाराहीमा संसदीय दलको समितिको बैठक बस्न लागेको छ।

कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।

देउवाल समितिको बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् ।

काठमाडौंको सिनामंगलबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणलाई लिएर प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद्मा अवरोध गरिरहेको छ ।


प्रतिक्रिया