`

समयपरिस्थीति अनुसार चलन नसके आगामी दिनमा कांग्रेसलाई गाह्रो पर्छ : नेता सिंह

Nepal One HD २५ साउन २०८० १४:१६
राजनीति

काठमाडौँ / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयपरिस्थीति अनुसार चलन नसके आगामी दिनमा कांग्रेसलाई गाह्रो पर्न सक्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं प्रदेश १ ख र वडा नंवर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले कांग्रेस पुरानो पार्टी भएकाले इतिहासको मात्रै कुरा गरेर नपुग्ने भन्दै समयपरिस्थीति अनुसार चलन नसके आगामी दिनमा कांग्रेसलाई गाह्रो पर्न सक्ने बताउनुभएको हो ।

उहाँले जनताको गुमेको अधिकार फिर्ता ल्याएर कांग्रेसले परिवर्तनको नेतृत्व गरेकाले पार्टी गरेका कामलाई जनताले अनुभूति हुने गरि प्रचार प्रसार गर्नुपर्ने धारणा राख्नुभयो ।

नेता सिंहले कांग्रेसका गतिविधि निकै खर्चिलो हुन थालेको भन्दै यसमा पनि सुधार गर्नुपर्ने बताउनुभयो । पार्टीभित्र एक अर्कालाई दोष लगाएर कोहि पनि बलियो हुन नसक्ने भन्दै उहाँले पार्टीभित्रको बिमतिलाई औपचारिक तथा अनौपचारिक बैठकमा छलफल गर्नुपर्ने जिकिर गर्नुभयो ।

नेता सिंहले पार्टी नेता तथा कार्यकर्ताहरु विधिपद्धती अनुसार हिड्नुपर्ने र जिम्मेवारबोधका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।


प्रतिक्रिया