`

कांग्रेसका सांसद सुनिल शर्माको पक्राउप्रति एमालेको आपत्ति

Nepal One HD २६ साउन २०८० १३:३४
राजनीति

काठमाडौँ / नेकपा एमालेका सांसद ज्वालाकुमारी साहले कांग्रेसका सांसद सुनिल शर्माको पक्राउप्रति आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै सांसद साहले सुन काण्ड प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दा शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाउनुभएको हो । म्याद सकिसकेको प्रमाणपत्रको विषयमा बखेडा झिकेर शर्मालाइ पक्राउ गरिएको भन्दै उहाँलेआपत्ति जनाउनुभयो ।

उहाँले सत्तपक्ष नै सदन सञ्चालन गर्न गम्भीर नभएको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया