`

कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने

Nepal One HD २९ साउन २०८० १५:२७
राजनीति

विराटनगर / कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आउँदो भदौ १ गते बस्ने भएको छ ।

गएको असार १५ गते अर्को सूचना नभएसम्म स्थगित भएको प्रदेशसभाको बैठक आगामी शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को उपनियमबमोजिम बैठक बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीको भनाइ छ ।


प्रतिक्रिया