`

खोटाङ कलाकार उत्पादन गर्ने नर्सरी हो : मन्त्री किराती

Nepal One HD २९ साउन २०८० १९:०४
राजनीति

खोटाङ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खोटाङ कलाकारहरु उत्पादन गर्ने नर्सरी भएको बताउनुभएको छ । खोटाङ कलाकार समाजले आयोजना गरेको ‘खोटाङ प्रतिभा–२०८०’ को फाइनल अडिशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री किरातीले खोटाङले जन्माएका कलाकारहरु विश्वभर स्थापित भएको बताउनुभयो ।

किरातीहरुको उद्गम थलो खोटाङ नै भएकाले पनि खोटाङ कलाकारको लागि नर्सरी भएको मन्त्री किरातीले दाबी गर्नुभयो । “किरात मुन्दुम आफैँमा सङ्गीतबद्ध हुन्छ । खोटाङ किरातीको उद्गम थलो भएकाले पनि गीतरसङ्गीतमा लाग्ने कलाकारको लागि खोटाङ नर्सरी भएको हो”, पुख्र्यौली थलो खोटाङ भएका मन्त्री किरातीले भन्नुभयो, “खोटाङ्गे भएकाले मलाई पनि गर्व लाग्छ । पछिल्लो समय खोटाङबाट धेरै प्रतिभा जन्मिएका छन् । उनीहरुलाई बाटो देखाउनु अग्रजहरुको महत्त्वपूर्ण भूमिका हुन्छ ।”

खोटाङ्गे अग्रज कलाकारले चुमेको शिखरलाई नवप्रतिभाहरुले धानेर राख्नुपर्ने पनि मन्त्री किरातीले नवप्रतिभालाई आग्रह गर्नुभयो । कला, संस्कार र संस्कृति संरक्षणमा मन्त्रालयले खेल्नुपर्ने भूमिकाको विषयमा आफू गम्भीर भएको अगाडि बढेको पनि उहाँले जानकारी दिनुभयो ।

खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (यूके) ले संयुक्त रुपमा आयोजना गरेको ‘खोटाङ प्रतिभा–२०८०’ छनोटको प्रतियोगिताको फाइनल अडिशन राष्ट्रिय नाचघर जमल, काठमाडौँमा सञ्चालन भइरहेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतिभालाई क्रमश स् नगद रु दुई लाख दुई हजार, रु. एक लाख एक हजार र रु ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक तथा सङ्गीतकार रुपकुमार राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा खोटाङ जिल्लाका दशवटै स्थानीय तहबाट गायन तथा नृत्य विद्यामा एकरएक जना गरी २० प्रतिभाले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताको गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट प्रदीप राई, हलेसी तुवाचुङ नगरपालिकाबाट अस्विन राई, बराहपोखरी गाउँपालिकाबाट लक्ष्मण परियार, जन्तेढुङ्गा गाउँपालिकाबाट दुर्गा राई, खोटेहाङ गाउँपालिकाबाट विकास राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट दिलीप राई, केपिलासगढी गाउँपालिकाबाट राजेश राई, ऐसेलुखर्क गाउँपालिकाबाट सुमन राई, रावाबेँसी गाउँपालिकाबाट ममता राई र साकेला गाउँपालिकाबाट रवीन दियाली सहभागी छन् ।

नृत्यतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सलिना भुजेल, हलेसी तुवाचुङ नगरपालिकाबाट स्मृति राई, बराहपोखरी गाउँपालिकाबाट सुवास विश्वकर्मा, जन्तेढुङ्गा गाउँपालिकाबाट करुणा राई, खोटेहाङ गाउँपालिकाबाट कविता श्रेष्ठ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट मनिता राई, केपिलासगढी गाउँपालिकाबाट सौलिना तामाङ, ऐसेलुखर्क गाउँपालिकाबाट सरिना राई, रावाबेँसी गाउँपालिकाबाट चिजन मगर र साकेला गाउँपालिकाबाट मेनुका राई सहभागी छन् ।

फाइनल अडिशनलाई रोचक र प्रभावकारी बनाउन जिल्लाका दशवटै स्थानीय तहबाट छनोटमा परेका नवप्रतिभालाई महिना दिनअघि काठमाडौँ झिकाएर प्रशिक्षण दिने कामसमेत गरिएको आयोजक खोटाङ कलाकार समाजका महासचिव पार्वन राईले जानकारी दिनुभयो ।

जिल्लाको ग्रामीण तथा सुदूर गाउँहरुमा लुकेर तथा छलिएर बसेका सयौँ प्रतिभाहरुमध्ये प्रत्येक पालिकाबाट गायन तथा नृत्य विद्यामा तीनरतीन जना प्रतिभा छनोट गरिएको जनाइएको छ । पालिकास्तरीय प्रतियोगिताबाट दुई विद्यामा ३०/३० जना नवप्रतिभा छनोट गरिए पनि काठमाडौँमा हुने फाइनल प्रतिस्पर्धामा दुवै विद्यामा प्रथम भएका एकरएक जना प्रतिभालाई मात्र सहभागी गराइएको आयोजकले जनाएको छ ।

खोटाङ घर भइ काठमाडौँलाई कार्यक्षेत्र बनाएर गीतरसङ्गीतलाई आफ्नो पेशाको रुपमा अङ्गालेका खोटाङ्गे कलाकारहरुले विसं २०७७ मा ‘खोटाङ कलाकार समाज’ गठन गरेको थियो । कला र साहित्यमा रुची राखेर त्यसैमा आफ्नो भविष्य खोज्दै निरन्तर सङ्घर्ष गरिरहेका खोटाङ्गे कलाकारहरुको साझा मञ्चको रुपमा खोटाङ कलाकार समाज स्थापना गरिएको उनीहरुले बताएका छन् ।


प्रतिक्रिया