`

मणि थापालाई सोधपुछ गर्ने एमालेको निर्णय

Nepal One HD ३० साउन २०८० १३:३७
राजनीति

काठमाडौं । नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य मणि थापासँग सोधपुछ गर्ने भएको छ ।

सोमबार बसेको सचिवालय बैठकले थापासँग सोथपुछ गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि निष्क्रिय रहेका नेता थापालाई पार्टीका महासचिव शंकर पोखरेलले सोधपुछ गर्ने निर्णय भएको हो ।

पछिल्लो समय उनी पार्टीका कार्यक्रमहरूमासमेत देखिन छाडेका छन् ।


प्रतिक्रिया