`

राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरले गरे विवाह

Nepal One HD ३ भदौ २०८० १८:५०
समाचार

काठमाडौं / राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्तीमगरले विवाह गरेका छन्। उनले लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी प्रेमिका लिना प्रधानसँग काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेका हुन्।

स्रोतका अनुसार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट शुक्रबारबाट उनी बाहिर निस्किएका थिए। उनले विवाहबारे साथीहरुलाई समेत खबर गरेका थिएनन्।

विमल हालसालै मात्र एफसी कप छनोट खेलेर भारतबाट फर्किएका हुन्। एन्फा एकेडेमीका उत्पादन उनी केही समय चोटग्रस्त रहेका थिए। विमल र लिना पाँच वर्षदेखि प्रेम सम्वन्धमा थिए।


प्रतिक्रिया