कालिगण्डकी नदीमा पानीको बहाव बढ्दै , सतर्कता अपनाउन आग्रह
समाचार
काठमाडौं । मुस्ताङको कालिगण्डकी नदीमा पानीको बहाव बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानीको बहाव बढेसँगै वारागुङ मुक्तिक्षेत्रका वासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ को ठाँडो नरसिंह खोला र वारागुङ मुक्तिक्षेत्र-४ को ग्रीन ताङ्वे र ताङ्वे गाउँको ठाँडो खोलाको बाहव अत्यधिक उच्च हुँदा कालिगण्डकी नदीको बहाव बढेको बताइएको छ। नरसिंह खोला र ताङ्वे खोलामा पहिरोसहितको भिषण बाढी आएको बताइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
