`

संसद् चलाउन दलहरूबीच भएको दुईबुँदे सहमतिबारे सदनलाई जानकारी

Nepal One HD ६ भदौ २०८० १६:३६
राजनीति

काठमाडौँ / दलहरुबीच सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएसंगै प्रतिनिधि सभाको गतिरोध अन्त्य भएको छ ।

सुन तस्करी प्रकरणको छानबिनका लागि असोजमा छानविन आयोग गठन गर्ने सहमतिसँगै संसद् अवरोध हटेको हो ।

संसदको अवरोध हटेसंगै बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले दलहरुबीच भएको दुईबुँदे सहमतिका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्रीको पहलमा निरन्तर रुपमा सदन सूचारु गर्न विभिन्न चरणमा छलफल संवाद गर्दे सहमतिमा उभिएको उहाले बताउनुभयो । उहाले सहमतिसंगै संसद्ले नेपाली जनताको सरोकार र विषयमा निकास दिँदै जाने वातावरण तयार भएको जिकिर गर्नुभयो ।

एमालेको अवरोधका कारण साउन १० देखि प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आएको थियो ।


प्रतिक्रिया