मेलम्ची नदीमा आएको बाढीले सरस्वती माविको शौचालय बगायो

समाचार

काठमाडौं – अविरल बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ। हेलम्बु गाउँपालिका-४ स्थित मेलम्ची नदीमा आएको बाढीले सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको जनाइएको छ ।
बाढीले विद्यालयको निर्माणाधीन भवनको पिलर पनि बगाएको र विद्यालय जोखिममा परेपछि विदा दिइएको जनाइएको छ । बाढीले ग्याल्थुमको माथिल्लो बजार उच्च जोखिममा परेको छ । बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट