`

कोशी प्रदेशमा एमालेको नेतृत्वमा सहमतिय सरकार बन्ने अध्यक्ष ओलीको दावी

Nepal One HD ८ भदौ २०८० १६:२७
राजनीति

काठमाडमौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सहमतिय सरकार बन्ने दावी गर्नुभएको छ ।

शुक्रबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले कोशी प्रदेशमा नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले संविधान उलंघन गरेकोमा दुख लागेको भन्दै अव एमालेको नेतृत्वमा सहमतिय सरकार बन्ने दावी गर्नुभयो ।

ओलीले अहिले धार्मिक र साम्प्रदायिक सद्भाव बिथोल्ने र विद्वैष फैलाउर्दै मुलुकलाई अस्थिरताको परिस्थीति सिर्जना गर्न खोजिएको जिकिर गर्नुभयो । केन्द्रमा एमालेको ध्यान सरकारमा बनाउन नभई राजनैतिक स्थिरता, स्थायीत्व प्रदान गर्दै सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणमा रहेको ओलीले बताउनुभयो । उहाले संविधान कार्यान्वयन, मुलुकमा सुशासन, आर्थिक विकासका लागि प्रमुख जिम्मेवार राजनीतिक दलहरु मिलेर जानुपर्ने उल्लेख गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले तस्करीका कारण मुलुकको विकासमा बाधा उत्पन्न हुने भएकाले पूर्ण रुपमा अन्त्य गर्नुपर्ने बताउनुभयो ।


प्रतिक्रिया