सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने

खेलकुद

काठमाडौं / क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन् ।
आज लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा परेसँगै उनी पाकिस्तान जाने तय भएको हो ।
उनको मुद्दाको अर्को पेशी भदौ २१ गते तोकिएकाले उनी प्रतियोगिता खेल्न पाकिस्तान जाने निश्चित भएको हो ।
एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट