`

फिल्म‘बरिष्ठ बलराम’मा पनि जोडिए दयाहाङ राई

Nepal One HD ११ भदौ २०८० ८:५५
मनोरञ्जन

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका अभिनेता दयाहाङ राई एकपछि अर्को फिल्ममा जोडिदै गइरहेका छन् । अघिल्लो वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’बाट चर्चामा आएका उनी कपछि अर्को फिल्ममा जोडिदै गइरहेका हुन् । यस वर्ष उनी फिल्म ‘जारी’बाट चर्चामा छन् ।

फेरि उनी फिल्म ‘बरिष्ठ बलराम’मा पनि जोडिएका छन् । उनले केही दिनअघि फिल्म ‘रङ्गेली ग्याङस्टर’ मा पनि सम्झौता गरेका थिए। फिल्म ‘बरिष्ठ बलराम’लाई आगामी मंसिर महिनाको समय दिएको बताइएको छ। त्यसअघि उनले कम्तिमा तीनवटा फिल्मको छायांकन पूरा गर्ने बताइएको छ । फिल्म सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको हो ।


प्रतिक्रिया