`

आज दिनभरको मौसम कस्तो रहला ?

Nepal One HD १८ भदौ २०८० ७:४३
प्रमुख खबर

काठमाडौं – सोमबार देशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर(पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन्/ चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


प्रतिक्रिया