`

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले आज शपथ लिँदै

Nepal One HD २२ भदौ २०८० १४:५१
प्रमुख खबर

काठमाडौं / कोशी प्रदेशमा आज एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा शपथ लिँदै छन् ।

हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि प्रदेश प्रमुखको कार्यालय तयारीमा जुटेको हो ।

बिहीबार सर्वोच्चका न्यायाधीशत्रय नहकुल सुवेदी, कुमार चुडाल र सपना प्रधान मल्लको पूर्ण इजलासले उद्धव थापा नेतृत्वको सरकारले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै कार्कीलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

शपथ ग्रहणसँगै कार्कीले आजै २ जना मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । कार्कीले आज तीलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी गर्नुभएको हो  ।


प्रतिक्रिया