माओवादीलाई जनताको पार्टीका रूपमा स्थापित गर्छौं: प्रधानमन्त्री प्रचण्ड


गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुनस् जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्।
सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा आएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भने ‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेताकार्यकर्तालाई शुभकामना दिन चाहान्छु । ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न प्रहरी यो अभियान सफल पार्न जरुरी छ ।’ सुशासन र समृद्धिलाई प्राथमिकता दिंएर सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्री बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो गेम चेन्जर आयोजना सुरूवात गरिएको दाबी गरे।
त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न रूपान्तरण अभियान सफल बनाउन जरुरी रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए।
आफू छिट्टै चीन भ्रमणमा जाने र नेपालको विकास र उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहेन उनले बताए।