`

कांग्रेसका शेखर समूहले पार्टीका पूर्वनिर्धारित कार्यक्रमलाई व्यवस्थित गर्न नेतृत्वलाई दवाव दिने

Nepal One HD २ असोज २०८० १७:५६
राजनीति

काठमाडौ– नेपाली कांग्रेसको डा.शेखर कोइराला समूहले पार्टीका पूर्वनिर्धारित कार्यक्रमलाई व्यवस्थीत रुपमा अघि बढाउन नेतृत्वलाई दवाव दिने भएका छन् ।

आसन्न केन्द्रीय समिति बैठक अघि मंगलबार काठमाडौंमा बसेको कोइराला समूहको बैठकले समयमै महासमिति बैठक, १५ औं महाधिवेशनको तयारी लगायतका बिषयमा पुरा गर्न नेतृत्वलाई दवाव दिने निर्णय गरेको हो । बैठकपछि कांग्रेस नेता दिलेन्द्र प्रसाद बडूले यसअघिको कार्यसमितिबाट पारित गरेको कार्यतालिकाको समिक्षा हुनुपर्ने र भएका कमीकमजोरीका बारेमा सुधार गरेर जाने बिषयमा छलफल भएको बताउनुभयो । उहाले महासमितिको एजेण्डा तथा महाधिवेशनका लागि क्रियाशिल सदस्यको बिषयलाई टुङ्गाउनका लागि तयारीबारे छलफल भएको जानकारी दिनुभयो ।

यस्तै अहिलेको सन्दर्भमा सरकारले राम्रो काम गर्नुपर्ने र सन्तोषजनक अवस्था नरहेकाले जनता केन्द्रीत काम गर्नुपर्नेमा बैठकको जोड रहेको उहाले बताउनुभयो । यस्तै कांग्रेस नेता सञ्जय गौतमले पार्टी र सरकारको कार्यसम्पादन प्रभावकारी बनाउनका लागि केन्द्रीय समितिमा ध्यानाकर्षण गराउने बताउनुभयो । उहाले कोशी प्रदेशमा पनि सरकार गठन गर्दा कांग्रेसले लिएको निर्णय न्यायसंगत नभएको निष्कर्ष रहेको जिकिर गर्नुभयो । कोइराला समूहले बिभिन्न बिषयमा पार्टी सभापति शेर बहादुर देउवासंग पनि छलफल गर्ने जनाएको छ । कांग्रेसको केन्द्रीय समिति बैठक असोज ४ गते बोलाइएको छ ।


प्रतिक्रिया