`

बुबाका अधुरा सपना पूरा गर्न लाग्नेछु : स्व नेम्वाङका छोरा सुहाङ

Nepal One HD ३ असोज २०८० ६:५०
राजनीति

मङ्गलबारे- स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले बुबाका सपना पूरा गर्न आफू लागि पर्ने बताउनुभएको छ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको आयोजना तथा एमाले इलामको संयोजनमा गृह जिल्ला इलाममा आयोजित कार्यक्रममा उहाँले बुबाका अधुरा सपना पूरा गर्न लागि पर्ने बताउनुभयो । बुबाको निधनले इलाम मात्र नभई सिङ्गो मुलुक नै शोकमा परेको उल्लेख गर्दै उहाँले सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको, पार्टीले तीन दिनसम्म शोकसहित आधा झण्डा झुकाएर बुबाप्रति सम्मान व्यक्त गरेको उहाँको भनाइ छ ।

इलामेली जनताको मायाका कारण संसद्मा पुगेर जनताको आवाज बोलेका कारण पनि सधैँ इलामेलीको मस्तिष्कमा रही रहने उहाँको भनाइ थियो । आफ्ना बुबाले सधैँ निष्ठावान् राजनीति गर्नुभएको उहाँले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया