`

एमाले कर्णाली प्रदेश अधिवेशन आजदेखि

Nepal One HD १० असोज २०८० १३:०१
प्रमुख खबर

सुर्खेत– एमालेको कर्णाली प्रदेश अधिवेशन आजदेखि सुरू हुँदैछ । सुर्खेतस्थित सिटी हलमा हुने प्रथम अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । कर्णाली प्रदेश अधिवेशनमा ६०४ जना प्रतिनिधि सहभागी हुने छन्। तीमध्ये २२ वटा मोर्चा संगठनबाट ५० जना प्रतिनिधि रहनेछन् भने अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूमध्ये १९५ जना महिला रहनेछन् ।
कर्णालीका १० जिल्लाका ५५४ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् । सुर्खेतबाट एक सय १२, जाजरकोटबाट ७५, दैलेखबाट ७४, कालीकोटबाट ६५, हुम्लाबाट ४८, जुम्लाबाट ४८, डोल्पाबाट ३९, मुगुबाट ३३ र रूकुम पश्चिमबाट २३ जना प्रतिनिधि रहेका छन्। केन्द्रिय नेतृत्वले सहमतिबाटै प्रदेश नेतृत्व चयन गर्न दववा दिइरहेको भएपनि उपाध्यक्ष लालबहादुर महतारा, मीनबहादुर शाही, ध्रुवकुमार शाही र राजबहादुर शाही प्रतिस्पर्धामा छन्।

कर्णाली प्रदेशमा दुई स्थायी कमिटी सदस्य यामलाल कँडेल र गोरखबहादुर बोगटी समूहबीच प्रतिष्पर्धा हुने बताइएको छ ।
कँडेलले ध्रुवकुमार शाहीलाई प्रदेश अध्यक्षमा अघि सार्ने तयारी गरेका छन् । यता, मानव अधिकार एलायन्सका अध्यक्ष रहिसकेका मीनबहादुर शाहीलाई भने गोरखबहादुर बोगटीको समर्थन छ। बोगटी पार्टीमा वरिष्ठ नेता ईश्वर पोखरेलनिकट हुन्। एमाले कर्णालीको प्रदेश कमिटी २ सय ४२ सदस्यीय रहेको छ। अधिवेशनले १ सय ३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ।


प्रतिक्रिया