`

एमाले प्रदेश अधिवेशन: कर्णालीमा पनि निर्वाचनको संभावना

Nepal One HD ११ असोज २०८० १३:१४
प्रमुख खबर

सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्वका लागि पनि मतदानको सम्भावना बढेको छ । अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन सत्रमा प्यानल बनाएर चुनाव नलड्न निर्देश दिएपनि अध्यक्षका आकांक्षीहरू आफ्नो अडानबाट पछि हट्ने संभावना न्युन रहँदै गएको छ । उनीहरू भित्री रूपमा प्यानल बनाएर चुनाव लड्ने तयारीमा छन् ।

प्रदेश संसदीय दलका नेतासमेत रहेका स्थायी कमिटी सदस्य यामलाल कँडेलनिकटका गुलाबजंग शाहलाई अध्यक्षमा अघि सार्न खोजिएको छ । त्यस्तै, विनोदकुमार शाह र गोरखबहादुर बोगटी निकट मानिने नेता मीनबहादुर शाही पनि अध्यक्षको दाबीबाट पछि हटेका छैनन् । उपाध्यक्षमा गुलाबगङ्ग शाहको प्यानलबाट टेकराज पछाई र मीनबहादुर शाहीबाट लालबहादुर महतराले तयारी अघि बढाएका छन् ।

अधिवेशनमा प्रदेशभरका ६ सय ४ जना प्रतिनिधि सहभागी छन् । जसमा १९५ महिला र ४ सय ७ पुरुष छन् । प्रदेश अधिवेशनले पाँच जना पदाधिकारीसहित १ सय ३५ जना सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।


प्रतिक्रिया