`

नेपालगंजमा धुमधामकासाथ मनाईयो मोहम्मद डे

Nepal One HD ११ असोज २०८० १६:५४
समाचार

बाँके– ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद मुस्तफाको १४९८ औं जन्मोत्सव अर्थात मोहम्मद डे नेपालगन्जमा धुमधामका साथ मनाइएको छ ।

इस्लामिक झण्डा र नेपालको झण्डा बोकेका इस्लाम धर्मालम्बीहरुले मोहम्मदी ¥याली निकाली सरकारकी आमद मरहबा नारा लगाउँदै नगरका विभिन्न भागको परिक्रमा गरि मोहम्मद डे धुमधामका साथ मनाएका हुन् । नेपालगञ्जको जामा मस्जिददेखि सुरु भएको मोहम्मदी ¥याली घोसीटोल, फत्तेवाल आँखा अस्पताल, डीएसपी रोड, एमपी स्कुल, रानी तलाउ, एकलैनी, त्रिभुवन चोक, वीपी चोक, धम्बाझी चोक, घरवारीटोल, न्यूरोड लगायत नगरको विभिन्न भागको परिक्रमा गरि गौसिया मस्जिदमा पुगेर समापन भएको थियो ।


प्रतिक्रिया