`

एमालेको मधेष प्रदेश अधिवेशनकाे नारा र लोगो सार्वजनिक

Nepal One HD ११ असोज २०८० १७:१७
प्रमुख खबर

धनुषा– नेकपा एमालेले असोज २४ र २५ मा मधेस प्रदेश अधिवेशन गर्ने भएको छ । जनकपुरधाममा पत्रकार सम्मेलन गरी एमालेले असोज २४ र २५ गते हुने प्रदेशको अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ । एमालेका मधेस प्रदेश अध्यक्ष रामअवतार यादव, पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रुपमा नारा र लोगो सार्वजनिक गरेका हुन्।

एमाले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ नारा राखिएको हो। ०८४ सालको निर्वाचनसम्म यही नारालाई मधेस प्रदेशभर विस्तार गर्ने र यही नाराको वरिपरि मधेसलाई एकताबद्ध गर्ने पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले बताए।

उनकाअनुसार सार्वजनिक गरिएको लोगोले मधेस प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधिताको सम्मान, उद्योग, कृषि, पर्यटन जस्ता क्षेत्रमा तीब्र विकासको आवश्यक्तालाई उजार गरिएको छ । महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्र भवनमा हुने अधिवेशनको अध्यक्ष ओलीले उद्घाटन गर्नेछन् ।


प्रतिक्रिया