एमाले बागमती प्रदेश अधिवेशनः निवार्चन तालिका सरेको सर्यै

प्रमुख खबर

काठमाडौ– नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत बिहान ८ बजेदेखि हुने भनिएको निवाृचन अहिलेसम्म हुन सकेको छैन । निवाृचन कार्यक्रम सरेर ११ः३० बजेका लागि तय गरिएको छ । यसअघि तीन पटकसम्म निर्वाचन कार्यक्रम परिमार्जन गरिएको थियो । निवाृचन कायृक्रम सर्नुमा उम्मेदवारको नामावली र क्लस्टर मिलाउन समय लागेकोलाई कारण देखाइएको छ । संसोधित निर्वाचन कार्यक्रम अन्तर्गत बिहान साढे ११ बजेदेखि मतदान हुनेछ । मतदान सकिएलगत्तै मगतणना सुरू हुने बताइएको छ । मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने कारण आजै साँझसम्ममा मतपरिणाम सार्वजनिक हुनेछ।
२४० सदस्यीय प्रदेश कमिटीको पाँच पदाधिकारीमा मात्रै १८ जनाले उम्मेदवारी दिएका छन् । नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिष्पर्धा हुने भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट