`

संसदमा रास्वपा अध्यक्ष लामिछानेले भने– ‘जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति नदिऔं’

Nepal One HD १४ असोज २०८० १४:१९
प्रमुख खबर

काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान दिवसका दिन राष्ट्रपतिले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको कैद मिनाहा गर्न नहुने बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा उनले संविधान जारी भएको खुशियाली मनाउनुपर्ने दिनमा दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

सभापति लामिछानेले जनताले खुशी मनाउने दिनमा जघन्य अपराध गर्ने व्यक्तिलाई उन्मुक्ति दिने प्रणालीको अन्त्य गर्न पनि माग गरे । यस्तै, सभापति लामिछानेले नेपाल आयाल निगमप्रति पनि प्रश्न उठाएका छन् । कर्मचारीलाई सधैं बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै उनले प्रश्न उठाएका हुन् ।

‘आयल निगम आयात पनि आफैं गर्छ । व्यापार पनि आफैं गर्छ । नियामक निकाय पनि उही हो । सबै कुरा आफैं गर्छ । कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ । तर, सधैं घाटामा छु भन्छ । घाटा के हो ? निक्र्योल गरियोस् ।’ उनले भने ।


प्रतिक्रिया