`

एमाले कोशी अधिवेशन : ५ बजेपछि मात्रै मतदान

Nepal One HD १४ असोज २०८० १५:५३
प्रमुख खबर

विराटनगर– नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा बिहान हुने भनिएको मतदान बिभिन्न कारणले सरेर अपरान्ह ५ बजेदेखि हुने भएको छ ।

आज बिहान ११ बजेका लागि तय भएको मतदानको कार्यक्रम दिउँसो १ बजेका लागि सारिएको थियो । त्यसमा पनि तयारी नपुगेकाले ५ बजेका लागि समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए । अहिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको छ । एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल प्रतिष्पर्धामा छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा शैलेश लामा र राजकुमार भण्डारीले उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया