एमाले कर्णाली अधिवेशन: मतगणना सुरु
प्रमुख खबर
सुर्खेत– तोकिएको समयभन्दा तीन घण्टा ढिलोगरी नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु गरिएको छ । नयाँ नेतृत्व चयनका लागि आइतबार राति नै मतदान सकिएको थियो ।
आज बिहान आठ बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि प्राविधिक तयारीका कारण देखाएर महध्यान्ह ११ बजे पछि मात्रै सुरु गरिएको हो ।
आइतबार दिउँसो २ बजेखि राति ९ बजेसम्म मतदानमा ६०९ जना जनप्रतिनिधि मतदानमा सहभागी भएका थिए । प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह, कालिकोटका मिनबहादुर शाही र कालिकोटकै प्रकाश रोकाय प्रतिस्पर्धामा छन् । शाह र शाही प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका हुन् । उद्घाटनमा केन्द्रिय अध्यक्ष के.पी. शर्मा ओलीले सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
