`

रहिनन् दिलमाया खाती

Nepal One HD १७ असोज २०८० १२:४०
मनोरञ्जन

काठमाडौ– लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । उनको गएराती ८४ वर्षको उमेरमा दार्जिलिङमा निधन भएको हो ।

खातीका ‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’सावन फर्की फेरि आयो’ जस्ता गीत चर्चित छन् । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी खाती गोपाल योञ्जन, कर्म योञ्जन,रञ्जित गजमेर, शान्ति ठटाल, अरुणा लामाकी समकालीन हुन् ।


प्रतिक्रिया