प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित जिल्ला बझाङ जाँदै
प्रमुख खबर
काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवलोकनका लागि भूकम्प प्रभावित जिल्ला बझाङ जान लागेका छन् । प्रधानमन्त्री दाहाल शुक्रबार बझाङ जाने तयारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा शुक्रबार भूकम्प प्रभावित जिल्ला बझाङको अवलोकन गर्ने जानकारी दिएका हुन् ।
उनले बझाङका भूकम्प पीडितलाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुननिर्माण प्रक्रिया तत्काल अघि बढाउन समेत निर्देशन दिएका छन् । विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्को १२औं बैठकमा उनले भूकम्प पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
