`

चाडपर्वलक्षित सहुलियत पसल आजदेखि, मंसीर ३ सम्म संचालनमा रहने

Nepal One HD २१ असोज २०८० ११:४९
अर्थ समाचार

काठमाडौ– चाडपर्वलक्षित सहुलियत पसल आजदेखि संचालनमा आएको छ । सरकारले चाडपर्वमा उपभोक्तालाई सहुलियत दिन काठमाडौसहित बिभिन्न जिल्लामा सहुुलियत पसल सञ्चालनमा ल्याएको हो । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान ९डिडिसी० र साल्ट टे«डिङ कर्पोरेसनमार्फत सहुलियत पसल सञ्चालन गरिएको हो ।
सहुलियत पसलमा दैनिक उपभोग्य खाद्यान्नमा केही छुटको व्यवस्था गरिएको छ । दसैँतिहार, छठ पर्वमा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाई छ । सहुलियत पसलमा राखिएका सामानमा दुई रुपियाँदेखि ५० रुपियाँसम्म छुटको व्यवस्था मिलाईएको छ ।

चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर, भटमासको तेल, चिउरा प्रति केजी र प्रतिलिटरमा सात रुपियाँ छुट दिइएको छ भने कर्णालीको सिमी र गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवामा प्रतिकेजी १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । यस्तै जिउँदो खसी प्रतिकेजी १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । यस्तै साल्ट टे«डिङ कर्पोरेसनबाट वितरण हुने नुन प्रतिकेजीमा दुई रुपियाँ, तेल र चिउरा प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरिएको छ । डिडिसीले वितरण गर्ने घिउ प्रतिकेजीमा २० रुपियाँ, पनिर दुई सय ग्राममा २० रुपियाँ र पनिर पाँच सय ग्राममा ५० रुपियाँ छुटको व्यवस्था गरिएको छ ।

खाद्य कम्पनीको सहुलियत पसल काठमाडौँको थापाथली, रामशाहपथ, ललितपुरको नक्खु, भक्तपुरको सूर्यविनायक गरी चार ठाउँमा छन् । उपत्यकाबाहिरका ४२ जिल्लाका ४८ स्थानमा यस्ता सहुलियत पसल संचालनमा ल्याइएका छन् । सहुलियत पसल आगामी मङ्सिर ३ गतेसम्म संचालन गरिनेछ ।


प्रतिक्रिया