`

कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

Nepal One HD २२ असोज २०८० २१:१३
अर्थ समाचार

काठमाडौँ, २२ असोज : सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि मङ्गलबार सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा बस्ने भएको छ ।कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले राससलाई जानकारी दिनुभयो ।


प्रतिक्रिया