`

इजरायलबाट २५३ जना नेपाली स्वदेश फर्किँदै, निगमको जहाज राती ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने

Nepal One HD २५ असोज २०८० १६:४९
अर्थ समाचार

काठमाडौ– युद्धग्रस्त मुलुक इजरायलबाट २५३ जना नेपाली स्वदेश फर्किँदैछन् । उनीहरु नेपाल वायुसेवा निगमको चाटर्ड जहाजमार्फत स्वदेश फर्किदै हुन् । उद्धारका लागि आज बिहान साढे २ बजे निगमको जहाज इजरायलतर्फ उडेको थियो ।

आज इजरायलको बेन गुरियन विमानस्थलबाट उडेको जहाज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछ । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको विमान उद्धारका लागि इजरायल पठाइएको हो । क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् । इजरायलमा मन्त्री साउदले नेपाली दूतावासका कर्मचारी साथै इजरायली अधिकारीसँग समेत कुराकानी गरेका थिए ।


प्रतिक्रिया