त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज– नेपालले टस जितेर फिल्डिङ रोज्यो

खेलकुद

काठमाडौ– त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीचको खेल जारी छ । मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङमा हेको छ । नेपाल, संयुक्त अरब इमिरेट्स युएई र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल युएईसंग जारी छ ।
टी–२० मा नेपाल र युएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दुई खेलमा तथा युएई तीन खेलमा विजयी भएको छ । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल रहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट