`

त्रिकोणात्मक टी–२० क्रिकेट– नेपालसामु युएईद्वारा १४१ रनको लक्ष्य प्रस्तुत

Nepal One HD १ कार्तिक २०८० १४:५२
खेलकुद

काठमाडौ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।
मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको हो । यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए ।


नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक विकेट हात पारे ।
विश्वकप छनोटका तयारी स्वरुप नेपालले यो प्रतियोगिता आयोजना गरेको हो ।


प्रतिक्रिया