`

यू–१९ प्रिमियर कप, नेपालले दियो साउदी अरेवियालाई ३४८ रनको लक्ष्य

Nepal One HD २ कार्तिक २०८० ११:३६
खेलकुद

मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको लक्ष्य दिएको छ । युएसडी–युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले नेपालले ७ विकेट गुमाएर ३४८ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि अर्जुनले १४२ र आकाशले ८९ रनको महत्वपूर्ण योगदान गरे । उता, साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई र दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक र एक विकेट लिएका थिए ।

यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई र दुई खेल जितेका छन् । समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ । समूह ए को विजेताले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नेछ ।


प्रतिक्रिया