हङकङद्वारा नेपालसामु ९५ रनको सामान्य लक्ष्य प्रस्तुत

खेलकुद

काठमाडौ– नेपाल, हङकङ र युएईबीचको टी–२० त्रिकोणात्मक सिरिजमा हङकङले नेपाललाई ९५ रनको सामान्य लक्ष्य दिएको छ । आज मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ३ वल खेल्न बाँकी हुँदै ९४ रनमा अल आउट भएको हो ।
हङकङका लागि यासिम मुर्ताजाले सबैभन्दा बढी ३६ रन योगफल जोडे । उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरी ३६ रनको योगफल बनाएका हुन् । जीशन अलीले १७ रन जोड्दा हङकङका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका करण केसीले पहिलो बलमै हङकङका कप्तान निजाकत खान बोल्ड भएपछि हङकङ खेलमा कमजोर देखिएको थियो ।
हङकङले पावरप्लेमा २० रन जोड्दा ४ विकेट गुमाएको थियो । बलिङमा नेपालका करण केसीले ४, सोमपाल कामी, अभिनास बोहराले २/२ , मौसम ढकाल र कुशल मल्लले समान १/१ विकेट लिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट