चीन भ्रमणका क्रममा बिरामी भएका उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
प्रमुख खबर
काठमाडौ- चीन भ्रमणका क्रममा हृदयाघात भएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी पाँच दिनको उपचारपछि स्वास्थ्य लाभ गरी आज डिस्चार्ज भएका हुन् ।
स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज भएका मन्त्री श्रेष्ठ कात्तिक ८ गते बिहान स्वदेश फर्किने तालिका छ । बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
