`

पार्टीलाई कार्यकर्ता र जनताप्रति जवाफदेही बनाउन विधान संशोधन आवश्यक :महामन्त्री थापा

Nepal One HD १५ कार्तिक २०८० ६:१३
राजनीति

घोडेपानी(म्याग्दी)- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई कार्यकर्ता र जनताप्रति जवाफदेही बनाउन विधान संशोधन आवश्यक भएको बताउनुभएको छ ।

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा  स्थानीय कार्यकर्तासँगको भेटमा महामन्त्री थापाले सङ्गठन बलियो बनाउन विधानमा संशोधन आवश्यक भएको बताउनुभएको हो ।

नेता थापासँग स्थानीय कार्यकर्ताले पार्टी नेतृत्व र चुुनावमा टिकट पाउन चाकरी गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए । घोडेपानीका होटल व्यवसायीले कोरोना महामारीपछि पर्यटन क्षेत्र लयमा फर्कन नसकेको, जलवायुु परिवर्तनको प्रभाव यस क्षेत्रमा पनि परेको र सडकका कारण विस्थापित भएका पदमार्गको वैकल्पिक व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । 


प्रतिक्रिया