`

भोटेकोशीको बाढीले बगाएको पुलको ठाउँमा नयाँ पुल सञ्चालन

Nepal One HD २४ कार्तिक २०८३ १९:५५
समाचार

भोटेकोशी नदिमा गत भदौ १० गते आएको बाढीका कारण रसुवाको स्याफ्रुबेसीमा रहेको पुल बगाएपछि अवरुद्ध रहेको त्यस क्षेत्रको यातायात पुनःसञ्चालनमा आएको छ ।

भदौ १०को बाढीपछि स्थानीयले यातायात व्यवस्थापनका लागि काठेपुल निर्माण गरेका थिए तर कार्तिक १४ गते पुनः आएको बाढीले उक्त काठे पुल पनि बगाएपछि बन्द भएको आवागमन नयाँ पुल निर्माणसँगै सोमबारदेखि सुरु भएको स्थानीय समाजसेवी फूर्पु तामाङले बताए ।

तामाङका अनुसार काठेपुल बगाएपछि त्यही ठाउँमा स्थानिय सरोकारवला निकायको सानूहिक पहलमा नयाँ पुल निर्माण गरी सोमबारदेखि संचालनमा आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *