बागमती प्रदेशसभा सचिवालयमा विधेयक दर्ता
राजनीति
मकवानपुर, १७ कात्तिक : बागमती प्रदेशसभा सचिवालयमा ‘प्रदेश हस्तकला ग्रामको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८०’ दर्ता भएको छ ।
प्रदेश सरकारको तर्फबाट पठाइएको उक्त विधेयक आज प्रदेशसभा सचिवालयमा दर्ता गरिएको सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।
प्रदेशसभाको हिउँदे अधिवेशनको बैठकमा सो विधेयकमाथि छलफलका लागि आवश्यक कार्यसूची तयार पार्ने क्रममा कानुनी प्रक्रिया सुरु गरिसकिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले राससलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
