कलाकार दिपाशा बीसीको उपचारका क्रममा मृत्यु

मनोरञ्जन

काठमाडौ– अभिनेत्री तथा डान्सर दिपाशा बीसीको आज बिहान मृत्यु भएको छ । गएराती स्वास्थ्यमा असहज महसुस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनलाई आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।
जलपरी नामले मोडलिङ क्षेत्रमा चर्चित बीसीले पछिल्लो समय म्युजिक भिडिओ र सिरियलमा अभिनय गर्दै आएकी थिइन् । उनले बिरानो माया, चाल, दुलही रानी र झेली चलचित्रमा अभिनय गरेकी थिइन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट