गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा कम्तीमा एक सय प्यालेस्टिनीको मृत्यु
विश्व
इजरायलले उत्तरी गाजा पट्टीको एक विद्यालयमा बम बारी गर्दा कम्तीमा १०० प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको प्यालेस्टिनी स्वास्थ्य स्रोतले शनिबार जनाएको छ ।
स्रोतले सिन्ह्वालाई दिएको जानकारी अनुसार जबालिया शरणार्थी शिविरमा रहेको अल–फाखौरा विद्यालयमा इजरायलले गरेको भीषण आक्रमणपछि कम्तीमा १०० जनाको शव इन्डोनेसियाली अस्पतालमा सारिएको छ ।
स्रोतका अनुसार विद्यालयभित्रबाट शवहरु निरन्तर फेला परिरहेको र ठूलो सङ्ख्यामा घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको छ ।
यसैबीच प्रत्यक्षदर्शीका अनुसार उक्त विद्यालयमा सयौं विस्थापित हरू बसिरहेका र इजरायली सेनाको तीव्र हवाई आक्रमणमा परी उनीहरूको हताहत भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
